धरान: धरान १७ मा भएको आगलागी पीडित परिवारलाई नेपाली कांग्रेस धरानको महिला नेतृहरुले आर्थिक सहयोग गरेको छ । 

सोमबार आगलागी पीडित परिवारलाई ६ हजार १ सय रुपैया आर्थिक सहयोग गरेका हुन् । महिला नेतृहरुले नगद संकलन गरेर आगलागीबाट विस्थापित भएका परिवारलाई सहयोग हस्तान्तरण गरिएको कांग्रेस धरानकी कोषाध्यक्ष पञ्चकला राईले बताइन् । 

गत शुक्रबार आगलागीबाट रिमला राईको काठको पुरानो शैलीको घर जलेर नष्ट भएको थियो । उक्त घरमा सिर्जना विक र महेन्द्र विकको दुई परिवार भाडामा बस्दै आएका थिए । आगलागीले दुई परिवार विस्थापित भएका छन् ।