धरान: नेकपा एमालेको १० औं महाधिवेशनको लागि प्रतिनिधि चयनमा एमाले सुनसरीमा सर्वसम्मत हुन सकेन । 

आज इनरुवामा भएको महाधिवेशन प्रतिनिधि छनौटको उम्मेदवारी मनोनयनमा प्रतिनिधि कोटाभन्दा चार गुणा बढीले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी मनोनयनमा दाबी विरोध र नाम फिर्ताको लागी अझै २ दिन समय बाँकी छ । तर अबको २ दिनभित्र पनि सर्वसम्मत हुने स्थिति नभएको नेताहरु बताउँछन् । एमाले सुनसरीले प्रतिनिधि चयनको लागि कार्तिक ३० गते निर्वाचन हुने कार्यतालिका र ४ निर्वाचन क्षेत्रको मतादन केन्द्र तोकिसकेका छ । 

एमाले महाधिवेशनमा निर्वाचन क्षेत्रगतरुपमा प्रतिनिधि चयन हुन्छ । सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र छ । यहाँबाट कुल ४२ जना महाधिवेशन प्रतिनिधि चयन हुनुपर्ने हुन्छ । तर, शनिबार भएको प्रतिनिधि मनोनयनमा कुल १८८ जनाले उम्मेदवारी दर्ता गराएको एमाले सुनसरी जिल्ला सदस्य रवि खनालले जानकारी दिए । 

uml-3

निर्वाचन क्षेत्र नं १ मा खुल्लातर्फ ६ जना प्रतिनिधिमा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा ७ जनाको उम्मेदवारी परेको छ । यस्तै, निर्वाचन क्षेत्र २ मा खुलातर्फ ८ जनाको कोटामा ४२ जना र महिलातर्फ ३ जनाको कोटामा १४ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन क्षेत्र ३ मा खुलातर्फ ६ जनाको कोटामा ३२ जना र महिलातर्फ ३ जनाको कोटामा ९ जना उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, क्षेत्र नं ४ मा खुलातर्फ ६ जनाको कोटामा ३१ जना र महिलातर्फ ३ जनाको कोटामा १२ जनाको उम्मेदवारी परेको छ । 

uml-sunsari 2

यसैगरि, दलित खुलातर्फ ३ जनाको कोटामा ४ जनाको उम्मेदवारी परेको छ भने दलित महिलातर्फ १ जनाको कोटामा ३ जनाको उम्मेदवारी परेको एमाले जिल्ला निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार अब भोली आइतबार दाबी विरोध गर्ने र सोमबार नाम फिर्ताको समय दिइएको छ । कार्तिक २९ गते समयभित्र नाम फिर्ता गर्ने समय दिइएको छ । त्यसबेलासम्म सर्वसम्मत हुने गरि नाम फिर्ता नगरे ३० गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान कार्यतालिका रहेको छ । मतदानको लागि ४ वटै निर्वाचन क्षेत्रको मतदान केन्द्र एमाले जिल्ला कमिटीले तोकिसकेको छ । *शिर्षक परिवर्तन गरिएको