सुनसरी: सुनसरीको गढी गाउँपालिका ६ मा रहेको कोशी ईट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । 

उक्त ईट्टाभट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका ४ बर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ बर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

आईतवार अपरान्ह ४ बजे उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अबस्थामा उद्दार गरेर उपचारको लागी जिल्ला अस्पताल लगिएको थियो । दुवैको बाटैमा मृत्यु भएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।