ओखलढुंगा: ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका ९ बुलडाँडामा आज बिहान भएको बलेरो दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । 

प्रहरीका अनुसार बिहान साँढे ७ बजे ओखलढुङगाको च्यामनबाट ककनी मन्दिरतर्फ दर्शनार्थी बोकेर जाँदै गरेको प्रदेश(३(०१(०२२ च ९६९४ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा सिद्धिचरण नगरपालिका १० का ३५ बर्षीया मिठुमाया मगर, १६ बर्षीया तुलसा मगर, १९ बर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरको मृत्यु भएको हो । उनीहरुलाई उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी घाईते भएका मध्ये ४ जनालाई मुस्ताङको एयरको हेलिकोप्टरद्धारा काठमाण्डौ पठाईएको छ भने ३ जनाको स्वास्थ्य चौकी कटुन्जेमा उपचार भईरहेको छ । यस्तै, अन्य घाईतेहरुलाई मिशन अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।