झापा: झापाको शिबसताक्षी नगरपालिका १० माइधार चौक नजिक भित्रीसडक खण्डमा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ७२ बर्षीया ललिता कटवाल रहेकी छिन् । आज बिहान सवा ११ बजे दक्षिणबाट उत्तरतर्फ आउदै गरेको को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कटवाललाई ठक्कर दिएको थियो ।

स्कारपियोको ठक्करबाट वृद्धाको घटनास्थालमानै मृत्यु भएको प्रहरीले जनाएको छ । स्कारपियो र चालक ईलाम देउमाइ नगरपालिका ३ का ३२ बर्षीय पुर्ण खतिवडालाई अस्थाई प्रहरी पोष्ट माईधारले नियन्त्रणमा राखेको छ भने मृतकको कानुनी प्रकृया पुरा पोष्टमार्टमको लागी दमक अस्पताल पठाईएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।