सुनसरी: सुनसरीको देवानगंज गाउँपालिका ४ बाट ठुलो परिमाणको गाँजासहित १ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार हिजो बुधवार दिउँसो देवानगंजस्थित सिमा क्षेत्रमा ईलाका प्रहरी कार्यालय देवानगंजको टोलीले ट्याक्टरबाट गाँजा वरामद गरेको हो । प्रहरीले सवारी साधन चेकजाँच गर्ने क्रममा प्रदेश-१-०४-००१ त ०६६६ नंम्बरको ट्याक्टरबाट १८० केजी गाँजा फेला परेको जनाएको छ । चेकजाँच गर्ने क्रममा ट्याक्टर चालक फरार भएका थिए । 

यद्यपी, उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाईकलले स्कटिङ गर्ने देवानगंज गाउँपालिका(५ का २५ बर्षीय सन्तोष कुमार मेहेता पक्राउ परेको प्रहरीले जनाएको छ । फरार भएका चालकको खोजतलास भईरहेको छ भने बरामद भएको गाँजा, ट्याक्टर र मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।