धरान: बैकिङ कसुर मुद्दाका अदालतबाट कैद र जरिवाना फैसला गरेपनि फरारा रहेका धरानका एक व्यक्ति पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा धरान १६ का ५२ बर्षीय मदन राई रहेका छन् । उनलाई उच्च अदालत बिराटनगरबाट २०७८ बैशाख १३ गते बैकिङ कसुर मुद्दामा १० दिन कैद र २१ लाख ५० हजार जरिवाना गर्ने फैसला गरेको थियो । अदालतबाट फैसला भएपनि उनी भने फरार रहेका थिए ।
फरार रहेका राईलाई प्रादेशिक अनुसन्धान समुह बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



