धरान: भोली शुक्रबार कार्तिके पुर्णिमा अर्थात बराहक्षेत्रमा मेलाको अवसरमा धरान उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । 

उपमहानगरपालिकाले आज एक सुचना जारी गर्दै बराहक्षेत्र मेलाको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी दिएको हो । शुक्रबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु, अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य कार्यालयहरु र धरानमा रहेका शैक्षिक संस्थाहरुसमेत बन्द रहने उपमहानगरको सुचनामा उल्लेख छ । 

dharan-notice