झापा: झापाको दमक नगरपालिका ४ स्थित रातो भाले सेकुवा कर्नर होटलबाट नगदसहित ६ जना जुवाडेहरु पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ६ का ६६ बर्षीय विश्वराज पराजुली, झापा बुद्धशान्ती गाउँपालिका ३ का ४५ बर्षीय सोनी तामाङ, होटल संचालक दमक नगरपालिका ४ का ४७ बर्षीय शेर वहादुर कार्की, सोही स्थानका ५३ बर्षीय रेवत वुढाथोकी, ४६ बर्षीय चेत बहादुर कुँवर र  दमक नगरपालिका ९ का ४६ बर्षीय रविन श्रेष्ठ रहेका छन् । 

उनीहरुलाई गए राती साढे १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको टोलीले पक्राउ गरेको हो । जुवाडेहरुको साथबाट नगद २ लाख ५६ हजार ३५० रुपैया र एक बुङ तास पनि वरामद गरिएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।