झापा: झापाको छुट्टाछुट्टै दुई स्थानबाट प्रहरीले ब्राउन सुगरसहित ३ जना पक्राउ गरेको छ। 

हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका ११ स्थित बसपार्कबाट बिर्तामोड नगरपालिका ५ का २४ बर्षीय अभिषेक राजबंशी ब्राउन सुगरसहित पक्राउ परेका हुन् । उनीहरुको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। 

ब्राउन सुगर बरामद भएपछि उनले सवार गरेको ज८प ८१३२ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सोही स्थानबाट प्रहरी टोलीले राती ८ बजे एक होटल संचालिका ताप्लेजुङ श्रीजंग गाउँपालिका ३ की २० बर्षीया अनिषा भट्टराई र ईलाम ईलाम नगरपालिका ६ का २८ बर्षीया मनिष राईलाई ब्राउन सुगरको कारोबार गरिरहेको अबस्थामा पक्राउ गरेको हो । उनीहरुको साथबाट ब्राउन सगुर १ ग्राम २७० मिलि ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको जानकारी दिएको छ ।