मोरङ: मोरङको रंगेली नगरपालिका १ बिशाल बजार चौकबाट प्रहरीले १६ केजी गाँजासहित एक टेम्पो चालकलाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय सखरदिनाको प्रहरी टोलीले को १ ह ४८०२ नम्बरको टेम्पो र चालक बेलबारी नगरपालिका ३ का २४ बर्षीय बुद्धराज राई पक्राउ गरेको हो । उक्ट टेम्पोबाट १६ केजी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हिजो राती ८ बजे टेम्पो चेकजाँच गर्दा सो परिमाणको गाँजा फेला परेको हो । पक्राउ परेका राईमाथि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।