धनकुटा: धनकुटाको छथरजोरपाटी गाउँपालिका ३ चिउरीबोटेका एक युवा भरुवा बन्दुकसहित पक्राउ परेका छन् । 

स्थानीय २४ बर्षीय राजन लिम्बू पक्राउ परेका हुन् । उनलाई हिजो बेलुका ५ बजे प्रहरी चौकी छथरजोरपाटीको टोलीले पक्राउ परेको हो । उनले बन्दुक आफ्नो गाईगोठमा लुकाई राखेको भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईबारे जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।