धरान: प्रहरीले धरानका एक युवालाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा धरान ५ देउरालीका २४ बर्षीय अनम राई रहेका छन् । उनलाई हिजो बेलुका साँढे ६ बजे अस्थाई प्रहरी पोष्ट देउरालीको टोलीले नियन्त्रणमा लिएको हो ।

उनको कोठाबाट प्रतिबन्धित औषधी ट्रामाडोल ४२५० ट्याव्लेट र स्पास्पेइन ४३०० ट्याव्लेट बरामद गरेको पनि प्रहरीले जनाएको छ। पक्राउ परेका राईबारे ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।