धरान: धरानको पानवारी पुर्व मोरङको केराबारी गाउँपालिका ६ स्थित कालोपानीमा सर्पदंस उपचार केन्द्र सञ्चालनमा आएको छ । 

केन्द्रले बुधबारदेखि सर्पदंस उपचार सेवा शुरु गरेको छ । बुधबार एक कार्यक्रमबीच केरावारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले उक्त सर्पदंस उपचार केन्द्रको सेवा शुरुवात गरेका छ्न । यो उपचार केन्द्रले केराबारी क्षेत्रलाई मात्र नभएर सुनसरीको धरानका सर्वसाधारणहरु पनि प्रत्यक्ष लाभान्वित हुनेछन् । निर्माण समितिले २ वर्ष लगाएर सुविधा सम्पन्न सर्पदंसका विरामीलाई उपचार गर्ने अस्पताल निर्माण सम्पन्न पछि सन्चालनमा आएको हो । 

kalopani6

उपचार केन्द्र ३६ लाख भन्दा बढी लगातमा निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठले वताए । उपचार केन्द्रले अव उतरी मोरंगको पहाडी क्षेत्र र धरानसम्मका विरामीलाई लाभ पुग्ने संचालक समिमिका अध्यक्ष एवम् केरावारी वडा नम्बर ६ का वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले वताए । हरेक वर्ष सर्पको डसाईबाट उपचार नपाएर ज्यान गुमाउनु पर्ने दुःखदायी अवस्थाबाट मुतm हुने वडाध्यक्ष मगरको भनाई छ । 

निर्माण समितिका संयोजक प्रकाश श्रेष्ठका अनुसार ५ वटा कोठा सहितको भवनमा आकस्मिक कक्ष, अन्तरंग सेवा, वैठक कक्ष, ड्युटी रुम र स्टोर रुम रहेको छ । आकस्मिक कक्षमा ३ वटा वेड रहेको छ । सरकारी ५ कठ्ठा जग्गामा भवन निर्माण गरिएको हो । भवन निर्माण गर्नको लागि १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट २२ लाख, केरावारी गाउपालिकाबाट १७ लाख, धरान उपमहानगरपालिकाबाट २ लाख गरि संघ संस्था र विभिन्न व्यतिmको सहयोगबाट भवन र्मिाण गरिएको निर्माण समितिका संयोजक श्रेष्ठले जानकारी दिए । नेपाल सरकारको स्वास्थ्य सेवा विभागवाट अनुमति लिएर कालोपानीमा सर्पदंश उपचार केन्द्र सुरु भएको हो । 

kalopani2

केरावारी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख टोप प्रसाद चौलागाईका अनुसार सर्पदंशका विरामीले निःशुल्क उपचार पाउनेछन् । सवै औषधी उपचार  एकदमै प्रभावकारी ढंगले दिइने उनको भनाई छ । केन्द्रमा गाउपालिकाको एकजना चिकित्सक र कालोपानी रहेको नेपाल आर्मीको अर्को चिकित्सक गरि दुई जना रहनेछन् भने अन्य कर्मचारीले सेवा दिने भएका छन् ।

kalopani1

kalopani3

kalopani4

kalopani5