झापा: झापाबाट ब्राउन सुगरसहित ७ जना पक्राउ परेका छन् । 

भद्रपुर नगरपालिका ७ बोक्तोवारीबाट प्रहरीले ब्राउन सुगरसहित ७ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १९ बर्षीय नारायण राजबंशी, २२ बर्षीय प्रकाश राजबंशी,  भद्रपुर ६ संगमटोलका २० बर्षीय राहुल ठाकुर, वडा ५ का २१ बर्षीय सोनु राजबंशी, बिर्तामोड नगरपालिका ८ सैनिकटोलका १८ बर्षीय सुदिप श्रेष्ठ, बिर्तामोड ६ कसेनी टोलका ३१ बर्षीय प्रताप योन्जन र अर्जुनधारा नगरपालिका १ का २८ बर्षीय राज श्रेष्ठ रहेका छन् । 

उनीहरुलाई हिजो बेलुका ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम, नाईट्रोजन ट्याबलेट १, तौल गर्ने डिजिटल तराजु १ थान वरामद गरेको प्रहरीले जनाएको छ । साथै प्रहरीले उनीहरुले प्रयोग गरेको मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाईकललाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरुबारे थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।