धरान: लागुऔषधसहित धरानबाट ३ जना युवा पक्राउ परेका छन् । 

प्रहरीले धरान १५ निराजनवस्तीबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही स्थानका २४ बर्षीय दिपेश राई, विशाल राई र २६ बर्षीय अमृत भन्ने लक्की गुरुङ रहेका छन् । उनीहरुलाई गए राती ८ बजे अस्थाई प्रहरी पोष्ट धरान १५ बाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट नाइट्रोजन ७० ट्याव्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल वरामद भएको छ भने नगद ३६ हजार ५०० पनि वरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरि, ४ श्रमिक टोलबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भक्तपुर १० घर भई सोही स्थानमा डेरा गरि बस्ने ३० बर्षीय संजय लामा रहेका छन् । उनलाई पनि प्रहरीले हिजो बेलुका ६ बजे बिशेष सुचनाको आधारमा पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले लामाको कोठाबाट ब्राउन सुगर ९ ग्राम २० मिलीग्राम पनि वरामद गरेको थियो । पक्राउ परेका लामाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।