धरान: जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा कार्यरत एक स्वास्थ्यकर्मीले शनिबार कोशी ब्यारेजमा हाम्फालेर आत्महत्या गरेका छन् । 

आज बिहान करिब पौने १२ बजे अहेब ४५ बर्षीय सुभाष नेपालले ब्यारेजको ५२ नम्बर ढोकाबाट कोशीमा हाम्फालेका हुन् । सप्तरी प्रहरीका अनुसार उनी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ तर्फको ब्यारेजको ५२ नम्बरको ढोकाबाट हाम्फालेका थिए । कोशीमा हाम्फालेर वेपत्ता भएका नेपाललाई प्रहरीले खोजी गर्ने क्रममा दिउँसो अढाई बजे मृत अवस्थामा फेला पारेको सप्तरी प्रहरीका सुचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार मृतक झापाको दमक नगरपालिका ६ निवासी हुन् । उनी हाल जिल्ला जनस्वास्थ्य कार्यालय मोरङमा कार्यरत अहेब थिए । उनी के कारणले कोशीमा हाम फालेका हुन् भन्ने खुलेको छैन । घटनाबारे प्रारम्भिक अनुसन्धानको कार्य भईराखेको सप्तरी प्रहरीले जनाएको छ ।