मोरङ: धरानका दुई युवा लागुऔषधसहित बिराटनगरमा पक्राउ परेका छन् । 
विराटनगर १३ स्थित नहरबाट धरान १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् । उनीहरुलाई हिजो बेलुकी ५ बजे सिआरभी जतुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्पुल, एभिल ६ एम्पुल पनि वरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



