झापा: झापाको कन्काई नगरपालिका ८ स्थित पुर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना भएको छ । 

उक्त दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । दुर्घटना आज दिउँसो साँढे १२ बजे भएको हो । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

 दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको लागी अस्पताल पठाईएको थियो । ती मध्ये उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ बर्षीय उत्सब पौडेलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अन्य घाईते भएकाहरु मध्ये ११ जनाको बि.एण्ड सी. अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पनि प्रदेश प्रहरीले जनाएको छ ।