सुनसरी: सुनसरीको रामधुनी नगरपालिका ६ ईचौलमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । 
मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका ६ चकरघट्टी का २२ बर्षीय मुकेश मल्लाह रहेका छन् । हिजो राती सवा १० बजे कान्छि चौकबाट कालाबन्जारतर्फ जादै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर आफै अनिन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटना हुदाँ पछाडिको ट्रलिले किचेर सल्लाह गम्भिर घाइते भएका थिए ।
उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको लागि भर्ना गरिएको थियो भने उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ भने ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



