धरान: मोरङको कटहरी गाउँपालिकामा आमा र बहिनीको कुटाईबाट एक महिलाको मृत्यु भएको छ । 
कटहरी ५ का ४० बर्षीय राजेन्द्र उरावले मादक पदार्थ सेवन गरेर आमा ५५ बर्षीय बातियो उराव र ३० बर्षीया बहिनी रितासँग विवाद गरेका थिए । घरासयी विवादको क्रममा आमा र बहिनीले बाँसको लाठीले टाउकोमा प्रहार गर्दा राजेन्द्र घाइते भएका थिए । उनलाई नोबेल अस्पताल विराटनगर उपचारको लागि भर्ना गरिएको थियो । उनको उपचारको क्रममा गए राती सवा १० बजे मृत्यु भएको थियो ।
राजेन्द्रको उपचारको क्रमम मृत्यु भएपछि कुटपिटमा संलग्न आमा र बहिनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



