झापा: दमक नगरपालिका ६ फागुनन्द चौकस्थित एक होटलबाट तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । 
होटल व्यवसायी पवन लिम्बुको परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा ७ जना नगदसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा होटल संचालक दमक नगरपालिका ६ का ५० बर्षिय पवन लिम्बु, दमक १ का ३५ बर्षिय भक्तीश्वर देवान, दमक २ का ४५ बर्षिय प्रमोद लिम्बु, दमक ९ का ३५ बर्षिय रमेश महतो, पाँचथर फाल्गुनन्द ८ का ४२ बर्षिय बबिन सुब्बा आङदेम्वे, ईलाम चुलाचुली १ का ४३ बर्षिय रुपचन्द्र राई र मोरङ पथरीशनिश्चरे १ का ४७ बर्षिय राज कुमार श्रेष्ठ रहेका छन् । 
उनीहरुलाई हिजो साढे ४ बजे बिशेष सुचनाको आधरमा पक्राउ गरेको प्रहरीले जनाएको छ । तास खेलिरहेकै अवस्थामा उनीहरुको साथबाट नगद १ लाख ५७ हजार र तीन बुङ तास पनि वरामद भएको ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कर्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाएको छ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



