धरान: संखुवासभामा घरमा भरुवा बन्दुक अवैधरुपमा राखेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

पाँचखपन नगरपालिका वडा नं. ५ स्थित खमारेका ५६ बर्षीय राम बहादुर राई भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । राईको घरमा भरुवा बन्दुक लुकाई राखेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय वानाको टोलीले राईको घरमा खानतलासी गर्दा भरुवा बन्दुक फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मिडिया समन्वय अधिकृत एवं प्रहरी नायब निरीक्षक जीवनकुमार गौतमका अनुसार गाईबस्तु बाध्ने गरेको गोठमा गोबर माथी परालको मुठाले छोपी राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको हो । बन्दुक फेला परेपछि राईलाई नियन्त्रणमा लिइएका संखुवासभा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।