मोरङ: विराटनगर महानगरपालिका १५ मा लागूऔषधसहित धरानका एक युवा पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा धरान उप(महानगरपालिका १५ का २१ बर्षीय बिशाल खड्का रहेका छन् । उनलाई आज बुधबार बिहान साढे ७ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनको साथबाट लुपिजेसिक २० एम्पुल, डाईजाल्याब १० एम्पुल, एभिल २० एम्पुल, फेनारगन १० एम्पुल, डाईजोपाम १० एम्पुल, नाईट्रोसन ३० ट्याब्लेट वरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका खड्काबारे ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



