धरान:लागुऔषध मुद्दामा फरार रहेका धरानका एक प्रतिवादी पक्रउ परेका छन् । 

पक्राउ पर्नेहरुमा धरान उप-महानगरपालिका ७ का ४१ बर्षीय नौसाद सिदिकी रहेका छन् । पक्राउ परेका सिदिकीलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको छ । उनलाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतले २०७१ पुस २७ गते सजाय फैसला सुनाएको थियो । प्रहरीका अनुसार अदालतबाट १ बर्ष १ महिना २४ दिन कैद हुने र १ लाख जरिवाना भएको थियो । लगत नं. ७२३२ मा कैद तथा जरिवाना बेरुजु रहेको खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

चोरी मुद्दाका फरार पनि पक्राउ

यसैगरि, चोरी मुद्दामा फरार मोरङ कटहरी गाउँपालिका १ का २३ बर्षीय सुरज कामत पनि पक्राउ परेका छन् । उनलाई उच्च अदालत बिराटनगरले २०७८ भदौ २३ गते सजाय सुनाएको थियो । अदालतको फैसला अनुसार कामतलाई १ बर्ष ६ महिना कैद र १५ हजार जरिवाना भएको थियो ।

लगत नं.५८१ मा कैद जरिवाना बेरुजु रहेपछि उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय, आरईटीबाट खटिएको टोलीले हिजो पक्राउ गरेको थियो । उनलाई पनि मोरङ जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि कारागार चलान भएको प्रहरीले जनाएको छ ।