धरान: धरान उपमहानगरपालिका वडा नं १६ का एक किसोर विराटनगरमा लागुऔषधसहित पक्राउ परेका छन् । 

बिराटनगर १५ स्थित १ नम्बर ढाटबाट धरान १६ का कैलाश मल्लिक लागुऔषधसहित पक्राउ परेका हुन् । उनलाई हिजो बेलुका साढे ६ बजे भारतबाट नेपाल आउदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मल्लिको साथबाट लागुऔषध वरामद भएको प्रहरीको भनाई छ ।

उनको साथबाट नाईट्रोसन १०० ट्याब्लेट पनि वरामद भएको छ । पक्राउ परेका मल्लिकबारे इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।