धरान: कोशी राजमार्ग अन्तर्गत चारकोशे जंगलमा धरान इटहरी सडक खण्डमा कार र बस एकआपसमा ठक्कर भएर दुर्घटनाग्रस्त भएको छ । 

उक्त दुर्घटनामा कारमा सवार २ जना घाइते भएका छन् । दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रतिष्ठानस्थित प्रहरी पोष्टका अनुसार घाइते हुनेमा कमल पौडेल र श्रीमति अन्नपुर्ण पौडेल छन् । दुर्घटना दिउँसो पौने ५ बजे तिरको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानका अनुसार प्रदेश-३-०१-२३ च ३८९४ नम्बरको कार र को १ ख २९८८ नम्बरको बस एकापसमा ठक्कर खाएको हो । कार धरानतर्फ आइरहेको र बस धरानबाट इटहरीतर्फ गइरहेको  देखिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार ठक्कर खाएर घुमेको अवस्थामा रहेको पनि एक ट्राफिक प्रहरीले जानकारी दिए । 

accident