झापा: झापाको दमक नगरपालिका १० की ४९ बर्षीया घनादेबी आचार्यको आफ्नै श्रीमानको कुटाईबाट मृत्यु भएके छ । 

कुटपिटबाट श्रीमतिको निधन भएपछि उनका श्रीमान ४५ बर्षीय राम कुमार लिम्बुलाई प्रहरील पक्राउ गरेको छ । घनादेवीलाई बिहिबार श्रीमानले कुटपिट गर्दा घाईते भएकी थिइन् । उनलाई बिराटनगरको नोबेल अस्पतामा उपचारको लागि लगिएको थियो ।

उपचारको क्रममा निको हुन नसकेपछि डाक्टरको सल्लाह अनुसार घर फर्किने क्रममा शुक्रबार राति ७ बजे घनादेवीको मृत्यु भएको थियो । कुटपिटमा संलग्न श्रीमान्लाई ईलाका प्रहरी कार्यालय दमकले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।