विराटनगर: मोरङ र सुनसरीका दुई छुट्टाछुटै स्थानबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार हिजो बेलुका ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेका पथरी शनिश्चरे(२ का २४ बर्षीय राजु मोते भन्ने विवेक मोते पक्राउ परेका हुन् । उनलाई बिराटनगरको १ नम्बर ढाटबाट लुपिजेसिक ५ एम्पुल, डाईजेल्याब ६ एम्पुल, एभिल ६ एम्पुल र फेनारगन ५ एम्पुल सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 यसैगरी, दुहबी सि.आर.भि.बाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका ७ का ३३ बर्षीय किरण थापा मगर र सोही स्थानका ३१ बर्षीय राम कुमार यक्चोलाई पनि लागुऔषधसहित पक्राउ गरेको छ । उनीहरुलाई हिजो बेलुका ७ बजे एभिल ६ एम्पुल, डाईजेल्याब ४ एम्पुल, फेनेरागन ३ एम्पुल र लुपिजेसिक ५ एम्पुल सहित दुहबीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषध सहित पक्राउ परेकाहरुबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।