मोरङ : बुढीगंगा गाउँपालिका ७ मा गत महिना कार्तिक २८ गते राती एक युवालाई खुकुरी प्रहारबाट हत्या गरि फरार रहेका अभियुक्त पक्राउ परेका छन् । 

गाउँपालिकाको वडा नं ७ मा धनकुटाको पाख्रिबास नगरपालिका ४ का २६ बर्षीय रिजन दाहाललाई कुखुरी प्रहार भएको थियो । उनलाई पुरानो रिसइबीले बुढीगंगा ६ डल्लेपुलका २६ बर्षीय धनबहादुर तामाङले खुकुरी प्रहार गरेका थिए । उक्त घटनामा गम्भीर घाइते भएका दाहालको उपचारको क्रममा मृत्यु भएको थियो भने तामाङ भने फरार थिए । 

घटना पछि फरार रहेका तामाङलाई प्रहरीले हिजो शनिबार मोरङकै सुनबर्षी नगरपालिका ८ स्थित सिक्टी एरियाबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ। तामाङलई जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा २ दिनको म्याद थप गरि अनुसन्धान कार्य पनि भइरहेको मोरङ प्रहरीले जनाएको छ ।