धरान: प्रहरीले लागुऔषधसहित धरान र उर्लाबारीबाट गरि ३ जनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार धरान २ स्थित भानुचोकबाट एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १३ का २७ बर्षीय मिलन तामाङ रहेका छन् । उनलाई आज बिहान पौने ६ बजे वडा प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो । चेकजाँच गर्दा तामाङको साथबाट डाईजेपाम ८ एम्पुल, लुपिजेसिक ८ एम्पुल, एभिल ८ एम्पुल, नाईट्रोजोपाम ५० ट्रयाब्लेट र स्पास्मो प्रोक्सिभन १८ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी थप अनुसन्धान गरिहरेको छ । 

यसैगरि, प्रहरीले मोरङको उर्लाबारीबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका ३ नमुना टोलबाट २६ बर्षीय बाबुराम थारु र ३१ बर्षीय सन्तोष तामाङ पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । उनीहरुलाई आज बिहान १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको हो । प्रहरीका अनुसार थारुको घरमा चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर १ ग्राम १७० मिलिग्राम वरामद भएको छ । उनीहरुबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।