मोरङ: बैकिङ कसुर मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय तोकिएपनि फरार रहेका धरान १३ का एक युवा पक्राउ परेका छन् । 

धरान १२ का ३३ बर्षिय श्रबण कुमार ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको आर.आई.टी.बाट खटिएको प्रहरीले पक्राउ गरेको हो । बैकिङ कसुर मुद्दामा २०७७ माघ २६ गते अदालतले उनलाई ३ दिन कैद र २ लाख ४० हजार जरिवाना फैसला गरेको थियो ।

अदालतबाट यस्तो फैसला भएपनि ठाकुर भने भुक्तान नगरि फरार सुचीमा थिए । उनलाई प्रहरी टोलीले पक्राउ गरि आज जिल्ला अदालत सुनसरीमा दाखिला गरेर कारागार चलान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।