बिराटनगर: सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार हिजो बेलुका साढे ३ बजे सुनसरीको कोशी गाँउपालिका २ लौकहरीस्थित मधुबन सडक खण्डमा भएको दुर्घटनामा एक जनाले ज्यान गुमाएको छ । को २ त ९९६७  नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानीय ४० बर्षिय मनोज यादव घाईते भएका थिए । उनको उपचारको क्रममा जिल्ला अस्पताल ईनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक कोशी गाँउपालिका २ का १८ बर्षीय जितेन यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। 

यसैगरी, उदयपुरको त्रियुगा नगारपालिका ११ स्थित बेल्टारबाट गाईघाट आउदै गरेको मोटरसाइकलले ठक्कर दिदा घाइते भएकाको पनि उपचारको क्रममा मृत्यु भएको छ । प्रदेश नम्बर १-०५-००१ प ३५९२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा स्थानीय ४६ बर्षीय कर्ण सुन्दास, त्रियुगा १३ राई चौकका चालक २९ बर्षीय बिरेन राई घाइते भएका थिए । घाइतेमध्ये सुन्दारको न्युरो हस्पिटल बिराटनगरमा उपचारको क्रममा आज बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।