सुनसरी: प्रहरीले सुनसरीको इटहरी र इनरुवाबाट ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार हिजो सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा ईनरुवा नगरपालिका – ३ महेन्द्र चौकमा मोटरसाइकलमा सवार सरोज मन्सुरी र हारुण मन्सुरीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो । पश्चिमवाट पुर्वतर्फ आउदै गरेको को ५ प ३८१८ नम्बरको मोटरसाइकलमा उनीहरु सवार थिए । वरामद भएको पदार्थलाई तौल गर्दा ४ ग्राम ८५० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम कानुनी प्रकृया शुरु गरिएको पनि सुनसरी प्रहरीले जनाएको छ । 

drugs 1

यस्तै, सोमबार ईटहरी उपमहानगरपालिका ४ बाट पनि लागुऔषधसहित २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । ब्राउन सुगर कारोबार हुदैछ भन्ने विशेष सुचनाको आधारमा प्रहरीले टिका राईको घर कोठा बिशेष खानचलासी लिएको थियो । सोही क्रममा टिका राई र सोही स्थानका १९ बर्षीय धनकुमार राईलाई लागूऔषध किनबेच गरिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुको शरिर र कोठा समेत चेकजाच गर्ने क्रममा टिका राईको कोठाबाट प्लाष्टिकमा पोको पारेर लुकाई राखेको अवस्थामा लागुऔषध वरामद भएको प्रहरीको भनाई छ । 

प्रहरीका अनुसार डाइजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल, फेनारगन १० एम्पुल र एभिल १० एम्पुल वरामद भएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम सुनसरी जिल्ला अदालतवाट दिन ७ को म्याद थप गरि आवश्यक थप अनुसन्धान कार्य भईरहेको पनि प्रहरीले जनाएको छ ।