धरान: मोरङको  बिराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धरान उपमहानगरपलिका १६ का ३२ बर्षीय आशिष बिक र ३० बर्षीय संजोग गजमेर रहेका छन् । उनीहरुलाई हिजो बेलुका सवा ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट लुपिजेसिक २८ एम्पुल, डाईजाल्याब २८ एम्पुल, एभिल २८ एम्पुल वरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

यसैगरि, झापाको दुई छुट्टाछुट्टै ठाउँबाट लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधरमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका ६ बजे बसपार्क एरियाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ईलाम नगरपालिका १० का ३६ बर्षीय बिराज शिवा रहेका छन् । उनको साथबाट २ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर वरामद भएको छ ।

यसैगरी बुद्धशान्ति गाँउपालिका ३ बाट पनि ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चैनपुर नगारपलिका(११ संखुवासभाका ३० बर्षीय दिपक तामाङ, २८ बर्षीय रोशन तामाङ र पाँचथर फिदिम नगारपालिका ४ की १९ बर्षीया संगीता तामाङ छन् । उनीहरुलाई ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको हो।