धरान: आज बिहानै धरानमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ । 

धरान ८ स्थित बरगाछीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा इटहरी २० की २३ बर्षीय अनिता राईको ज्यान गएको हो । मोटरसाइकलमा पछाडि सवार युवती बसको ठक्करले सडकमा खसेकी थिइन् । उनलाई सोही बसले किचेको थियो । तत्काल उनलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको लागि लगिए पनि चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बिहान घटना बिहान करिब पौने ६ बजेतिरको हो । मोटरसाइकल र बस दुवै दक्षिणबाट बरगाछी हुदै भानुचोकतर्फ गइरहेको बेला दुर्घटना भएको हो । प्रहरीले बस र बसका चालक इटहरीका ५४ बर्षीय राजु थापालाई नियन्त्रणमा लिएको जनाएको छ । मोटरसाइकल चालक २६ बर्षीय मिलन राईलाई भने सामान्य चोटपटक मात्र लागेको छ ।