मोरङ: मोरङको बेलबारी नगरपालिका ८ स्कुल राईरझारमा ट्याक्टरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

उक्त दुर्घटनामा मोटरसाइकल चालक २९ बर्षीय डम्बर थापाको मृत्यु भएको हो । यो दुर्घटना हिजो बेलुका ७ बजे भएको हो । सडक किनारमा रोकी राखेको प्र १-०२-००३ त ०३८० नम्बरको ट्याक्टरमा को ५ प ५९५९ नम्बरको मोटरसाइकल ठक्कर खाएको थियो । घाईते भएका मोटरसाइकल चालक थापाको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा राती ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडी सवार  २६ बर्षीय राजन पराजुली समेत घाईते भएका थिए । उनको पनि नोबेलमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।