सुनसरी: ईटहरी उपमहनगरपालिका ४ मा आफ्नै सालोले छुरा प्रहार गर्दा भिनाजुको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ईटहरी ४ का ५१ बर्षीय मुरारी गिरी रहेका छन् । हिजो बेलुका साढे ४ बजे गिरीकै घरमा बस्दै आएका सालो १९ बर्षीय अर्जुन राईले गिरीको छातिमा छुरा प्रहार गरेका थिए । 

घाईते गिरीलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राती ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।