मोरङ: मोरङको बिराटनगर महानगरपालिका १७ मटेरुवाबाट मोटरसाईकल चोरीमा संलग्न १ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका ३ घर भई बिराटनगर ११ मा डेरा गरी बस्ने २८ बर्षीय उमेश दाहाल रहेका छन् । उनले मंसिर २६ गते राती साढे ८ बजे बिराटनगरको कोशी अस्पताल परिसरमा पर्किङ गरी राखेको को. २५ प ५०२४ नम्बरको बुलेट मोटरसाईकल चोरी गरेका थिए ।

चोरी भएको उक्त मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरी चौकी मटेरूवाको टोलीले भारतको जोगवनीतर्फ लादै गरेको अबस्थामा उनलाई मोटरसाईकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दाहाललाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।