सुनसरी: सुनसरीको इटहरी उप महानगपालिका ९ स्थित रिभरसाईड होटल एण्ड लजमा अवैध यौनकार्य गराउने कार्यमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ईटहरी-४ का ३६ बर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका-५ का २० बर्षीय मिनराज पराजुली रहेका छन् । उनीहरुलाई मंसिर २८ गते रिभरसाईड होटल एण्ड लजबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय इटहरीका अनुसार बिशेष सुचनाको आधारमा होटलमा गैरकानुनी यौनजन्य कृयाकलाप भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले लेप्चा र पराजुली दुवै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान कार्य जारी राखेको जनाएको छ ।