धरान: अनेरास्ववियू पूर्वाञ्चल क्याम्पस कमिटीद्वारा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

क्याम्पस कमिटी अध्यक्ष सागर न्यौपानेको संयोजकत्वमा शिविर तथठा रक्तदान कार्यक्रम आयोजना भएका हो । उक्त शिविरमा केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारबाट न्युट्रिसन र माइक्रोवायोलोजिका विद्यार्थीहरुले ब्लड प्रेसर, ब्लड ग्रुपिंङ, बिएमआई, पोषण सम्बन्धी सेवा दिएका थिए ।

s3

धरान श्रेया चस्मा घरले आँखाको जाँच पनि गरेको थियो । माइक्रोवायोलोजी समुहलाई बर्षा भुजेलको र न्युट्रिसन समुहलाई प्रज्वल दुलालको संयोजकत्वमा ३४४ जना विद्यार्थी, शिक्षक, कर्मचारी र स्थानीयबासीलाई सेवा प्रदान गरेका थिए।

उक्त कार्यक्रम अनेरास्ववियू केन्द्रीय सचिव सुमन कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अनेरास्ववियू केन्द्रीय सदस्यहरु मधुसूदन नेपाल, किसोर कटुवाल, शिशिर साथै अनेरास्ववियू सुनसरी जिल्ला सचिव आशिष प्रधान लगायत जिल्ला, नगरका विद्यार्थी नेताहरुको उपस्थित रहेको थियो।

s1

s