धरान: धरान १७ स्थित साकेला पार्कमा प्रथम किराती राजा यलम्बरको सालिक स्थापना भएको छ ।

ब्रिटिश आर्मीका भूपू क्याप्टेन भीमराज राईको स्मृतिमा उनको परिवारले साकेला पार्कमा राजा यलम्बरको सालिक स्थापना गरेको हो । उक्त सालिकको सोमबार धरानका मेयर तिलक राई र स्वर्गीय क्याप्टेन राईकी श्रीमति धुर्पीमाया राईले अनावरण गरे । यो सालिक कलाकार विसन परियारले निर्माण गरेका हुन् । सालिक निर्माणको लागि किरात राई यायोक्खाबाट संयोजन गरिरहेका वर्तमान सहसचिव रमेश रोदुङ राईका अनुसारसालिकको बेस ९ फिट अग्लो छ । उक्त बेसमाथि १३ फिट अग्लो सालिक स्थापना गरिएको छ । 

sakela2

स्वर्गीय क्याप्टेन राईका परिवारका अनुसार सालिक निर्माण र अनावरण समारोहसमेत गरि १७ लाख बढी खर्च भएको छ । सालिक अनावरण समारोहमा कलाकार परियारसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मानसमेत गरिएको थियो । यायोक्खाका अध्यक्ष राजेन्द्र राईले क्याप्टेन भीमराज राईको परिवारलाई सालिक निर्माण गरिदिएकोमा आभार प्रकट गरेका थिए । यायोक्खाका निवर्तमान अध्यक्ष वलराम राईले पहिचान, सास्ँकृति जर्गेना हुने कार्यमा लगानी भएको भन्दै प्रशंसा गरेका थिए । 

नवनिवार्चित कार्यसमितिको पदस्थापना 

sakela6

सालिक अनावरण अघि धरान १० स्थित यलम्बर स्मृति संग्राहलय भवनमा नवनिवार्चित यायोक्खा जिल्ला कार्य समिति सुनसरीको पदास्थापना गरिएको थियो । प्रमुख अतिथि एवं धरानका मेयर तिलक राईको प्रमुख आतिथ्यमा कार्यसमितिको पदस्थापना गरिएको थियो । 

प्रमुख अतिथि राई, बिशिष्ट अतिथि एवं यायोक्खा केन्द्रीय कार्यसमितिका उपाध्यक्ष तिलककुमार राई, निवर्तमान अध्यक्ष वलराम राईले नवनिवार्चित कार्यसमितिहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै पदस्थापना गराएका थिए । कार्यक्रममा पुर्वअध्यक्ष कमला राईलाई सम्मान पनि गरिएको थियो । 

sakela5

sakela7

sakela9

sakela10

sakela13

sakela12

sakela15

sakela14

sakela20

sakela21

sakela22

sakela23

sakela25

sakela24