धरान: बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी धरानका एक युवा पक्राउ परेका छन् । 
प्रहरीले धरान १३ का ३८ बर्षीय मुन्ना थापालाई पक्राउ गरेको हो । उनलाई १ नं प्रदेश प्रहरी कार्यालय, आर.आई.टी.बाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको हो । उनीविरुद्ध उच्च अदालत विराटनगरले २०७६ बैशाख १६ गते सजाय सुनाएको थियो । 
अदालतको फैसलामा थापाविरुद्ध १ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार ७६६ रुपैया जरिवाना गर्ने उल्लेख थियो । अदालतको यो फैसला भएपनि थापा भने हालसम्म फरार थिए । पक्राउ परेका थापालाई सुनसरी जिल्ला अदालतमा दाखिला गरेको र अदालतबाट कैद भुक्तानको लागी आजै कारागार चलान गरेको पनि प्रहरीले जनाएको छ । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



