धरान: नेकपा एमालेको सुनसरी जिल्ला अधिवेशनको तयारी शुरु भएको छ ।
बुधबार एमाले जिल्ला कमिटीको पुर्ण बैठकले पुष २३ गते इनरुवाको पुरानो जेल फिल्डमा अधिवेशन गर्ने निर्णय गरेको हो । साथै, अधिवेशनको लागि विभिन्न ८ वटा उपसमिति गठन गरेको जानकारी प्रचार विभाग प्रमुख रवि खनालले जानकारी दिए । उनका अनुसार बुधबार इनरुवाको सखुवागाछीस्थित ॐ साई पार्टी प्यालेसमा बैठक भएको थियो । जिल्ला अध्यक्ष खेमराज पोखरेलको अध्यक्षता तथा केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज जगदीश प्रसाद कुसियतको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
बैठकेल बिहान ११ बजे अधिवेशन उदघाटन गर्ने गरि तयारी गर्न विभिन्न ८ वटा उपसमिति निर्माण गरेको प्रचार विभाग प्रमुख खनालले जानकारी दिए । उनका अनुसार सांगठनिक प्रतिवेदन तयारी, प्रतिनिधि ब्यवस्थापन, आर्थिक, मन्च ब्यवस्थापन, स्वयंसेवक परिचालन, खाद्य ब्यवस्थापन, अतिथि सत्कार, प्रचारप्रसार लगायत उपसमिति निर्माण गरिएको छ। यसैगरि, धरान उपमहानगर कमिटी र ईनरुवा नगर कमिटीको समस्या समाधान गर्न जिल्ला अध्यक्ष पोखरेलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको पनि एमाले सुनसरीले जानकारी दिएको छ।
जिल्ला अधिवेशनमा प्रतिनिधि संख्या र प्रतिनिधिको अनुपात निर्धारण जिल्ला पदाधिकारी बैठकबाट हुनेछ। बैठकलाई पार्टी प्रदेश कमिटी सदस्य एवम संविधान सभा सदस्य रेवती रमण भण्डारी र प्रदेश सदस्य रमेश बस्नेतले सम्बोधन गरेका थिए । बैठकमाकेन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज एवं धरानकी उपप्रमुख मन्जु भण्डारी सुवेदी, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज तैयव हुसेन, केन्द्रिय लेखा आयोग सदस्य डिबि शाह शंकर र प्रदेश कमिटी सदस्यहरुको पनि उपस्थिति रहेको थियो।