झापा: झापाको कमल गाउँपालिका ५ स्थित पुर्वपश्चिम राजमार्गमा बस र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । 

उक्त दुर्घटनामा मृत्यु हुनेमामोटरसाईकल चालक सुनसरीको बराहक्षेत्र १० का २२ बर्षीय अभिषेक यादव रहेका छन् । हिजो बेलुकी पौने पाँच बजे पुर्वतर्फ जाँदै गरेको को १ क नम्वरको बसले बिपरित दिशाबाट आउदै गरेको प्र.१-०२-०४८ प ३०८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।  ठक्कर लगेर घाईते भएका यादव र २५ बर्षीय राम कुमार खड्कालाई लाइफ लाइन अस्पताल दमकमा उपचारार्थ भर्ना गरिएको थियो । 

उपचारको क्रममा घाइते यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक झापा दमक नगरपालिका २ का सोम बहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई अनुसन्धन भईरहेको प्रहरीले जनाएको छ ।