झापा: झापाको दमक नगरपालिका १ स्थित रतुवा खोलाको बगरबाट गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा इलामको माङसेवुङ गाउँपालिका ६ का ४६ बर्षीय बिर कुमार राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी गस्ति टोलीले खोला बगरमा शंकास्पद अवस्थामा हिडिरहेका राईलाई नियन्त्रणमा लिएको हो । राईले बोकेको झोला र हातमा झुन्ड्याएको जेव्रा झोलामा ८ किलोग्राम १६० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय दमकबाट अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अघि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



