सुनसरी: प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको बताएका छन् । 

सुनसरीको इनरुवामा शनिबार राधा सुवेदीको मुक्तक ‘युग फेरिन देउ’को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले नैतिक शिक्षा र पठन संस्कृति हराउँदै गएकोमा चित्ता समेत व्यक्त गरे । मन्त्री यादवले विद्यालयमा नैतिक शिक्षा र नागरिकमा साहित्य पठन संस्कृति हराउँदै गएको बताए । विकास र समृद्धिका लागि साहित्यको विकास पनि आवश्यक रहेकोमा उनले जोडदिए । 

आधुनिकताका नाममा विद्यार्थीहरुले मौलिक संस्कार विर्सदै गएको मन्त्री यादवको भनाई छ । मन्त्री यादवले सामाजिक सञ्जालका कारण पठन संस्कृति हराउँदै गएको भन्दै उहाँले सुधार गर्न आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा साहित्यकार दधिराज सुवेदी, भरत गुरागाई, जिवनाथ पोखरेल लगायतले बोलेका थिए ।