धरान: अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला आजदेखि धरानमा शुरु भएको छ । 
नेपालमा सर्वाधिक बिक्री हुने सुचीमा रहेको बजाजको मोटरसाइकलको धरानको आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आजदेखि आफ्नै सोरुम परिसरमा एक्सचेन्ज एन्ड अपग्रेड महामेला शुरु गरेको हो । यो महामेला पुष १५ गतेसम्म हुने सञ्चालक अर्विन तामाङले जानकारी दिए ।

महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्याङ्कन बजार मूल्य भन्दा १० हजार थप गरिनेछ भने शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सको सुविधा, नगद तथा एक्सचेन्जबाट खरिद गर्ने ग्राहकहरूले विभिन्न उपहार तथा नगद जित्न सक्ने पनि सञ्चालक तामाङले जानकारी दिए । 
महामेलामा हरेक खरिदकर्ताले आकर्षक हेलमेट, लेगगार्ड, बाइक कभर र पञ्जा निःशुल्क पाउनेछन् । ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टबाट १३ प्रतिशत व्याजमा दुई बर्षे र ५० प्रतिशत पेमेन्ट गरे शून्य प्रतिशत व्याजमा १८ महिनाको किस्तामा समेत मोटरसाइकल खरिद गर्ने सुविधा पाउने सञ्चालक तामाङले बताए ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



