सुनसरी: सुनसरीको बर्जु गाउँपालिका २ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल ठक्कर लागेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार उक्त दुर्घटनामा मोटरसाईकल चालक बर्जु ६ का २२ बर्षीय रंजित चौधरी रहेको मृत्यु भएको हो । हिजो दिउँसो पौने ३ बजे को.२१ प ९४४६ नम्वरको मोटरसाईकलले साईकल यात्री बर्जु १ का ४५ बर्षीय चमरु ऋषिदेवलाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा दुबै जना घाईते भएपछि नोवेल अस्पताल बिरानगरमा उपचार भईरहेको थियो । उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको मृत्यु भएको र घटनाबारे  इलाका प्रहरी कार्यालय दुहबीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।