मोरङ: मोरङको बिराटनगर महानगरपालिका ३ कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन्। उनले आईतवार राती साँढे ९ बजे एटिएम मेसिन तोडफोड गरेका थिए । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सि.आर.भि. पोष्ट भट्टाचोकको टोली परिचालन भएको थियो ।
प्रहरी टोलीले तोडफोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका कालिकोटेबारे जिल्ला प्रहरी कार्यालय मोरङले आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । 
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



